बर्दिया, साउन ३२ । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने बर्ष ५० को कृपाल सुनारले आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी बि.क. को हत्या गरेका छन् ।
आफ्नो घरदेखि अन्दाजी ५०० मिटर टाढा जुहारीलाल एरीको धान खेतमा घाँस काटिरहेको अवस्थामा धारिलो हतियारले घाँटीमा प्रहार गरे पश्चात धान खेतमा लडाई निजको घाँटी पछाडीको भागमा थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी टोली घटनास्थलमा गई निज कृपाल सुनारलाई नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जनाएका छन् ।