अछाम, पुस २८ः चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा साँफेबगर नगरपालिका–१ बैजनाथकी ५१ वर्षीया सुन्तला बोहरा रहेकी छन् ।
उनकाे आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर को घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।