आफ्नै बावुले छोरीलाई विष खुवाएर हत्या गरे

रिपोर्ट नेपाल | 2023 Aug 09 | 07:39 pm 4893

काठमाडौं । आफ्नै छोरीलाई विषादी खुवाएर हत्या गरेको आरोपमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुनसरीको बर्जु गाउँपालिका २ का अर्जुन कामतलाई  आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार  पक्राउ गरेको हो। मदिराले लठ्ठ बनेर आएका कामतले २० वर्षीया छोरी राधिकालाई तरकारीमा हाल्ने विषादी जबरजस्ती खुवाएका थिए।

बुवाले जबरजस्ती विष खुवाएपछि बिरामी बनेकी राधिकालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.