रुपन्देही फागुन २१: औद्योगिक क्षेत्रको शिलान्यासका लागि रुपन्देही मोतीपुरमा आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। ब्यक्त्तिको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका हुन्।
विरोध गर्दै आएका स्थानीयले मञ्चमै आएर आक्रमण गरेपछि वातावरण झन् विथोलिएपछि मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल बोल्दाबोल्दै बीचैमा छाडेर हिँड्नुपरेको हाे। आफूहरुकाे जग्गा सरकारले जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको र आफूहरुलाई मुआब्जा दिनेबारे कुनै पनि चासो नराखिएको गुनासो स्थानीयवासीले गरेका छन् ।