बारा, कात्तिक १५: छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोल्हवी–२ का ३८ वर्षीय उनीमाथि २२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ । बिहीबार पीडित महिलाले प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार पीडित महिलाको ०७५ माघमा विवाह भएको बुझिएको छ । घरमा कुरा नमिलेपछि माइतीमै बस्दै आएको र त्यही बेला बुवाले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको बयान पीडितले दिएकी छन् ।
ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।