ताप्लेजुङ, फागुन ११ : आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–४ रिजाल चोकका ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ ।
चेन्जुङले आफ्नै ४ वर्षीया छोरी मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।