पर्सा, भदाै ३०ः आफ्नै छोरालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरीया नगरपालिका–६ सिर्सियाकी ६५ वर्षीय लक्ष्मी साह रहेकी छन् ।
उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे । घरायसी वादविवादमा लक्ष्मीले ३५ वर्षीय छाेरा महादेब साहलाई चक्कु प्रहार गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेबको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।