आफ्नै छोराद्धारा बुबाको हत्या

रिपोर्ट नेपाल | 2020 Oct 05 | 10:38 am 3643

  • सन्तोष महतारा

गुल्मी,असोज १९ः गुल्मीमा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै ६० बर्षीय बुबालाई आफ्नै घर भित्र कुटपिट गरीहत्या गरेको जिल्लाप्रहरी कार्यालय गुल्मीका सुचनाअधिकारी प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएका वस्नेतलाई उपचारका लागि पाल्पा लगिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि प्रदेशिक हस्पिटल बुटवल रिफर गरिएको थियो ।

बुटवल लैजादै गर्दा बाटो मै बस्नेतको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय गुल्मीले जनाएको छ । निज कुटपिट गर्ने छोरा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रहरीले उनलाई खोजिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.