आफ्नै घरको तलाबाट लडेर संखुवासभामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 23 | 12:12 pm 2036

संखुवासभा, पुस ७: सोमबार संखुवासभाको पाँचखपन नगरपालिका–४ का होक्सेमा एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिए।

जोगी घरको माथिल्लो तलाबाट झर्ने क्रममा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.