स्याङ्जा , माघ ४ : आफ्नी १४ वर्षीया छोरी बलात्कृत भएको भन्दै एक बुबाले प्रहरीमा उजुरी दिएका छन् । चपाकोट नगरपालिका –५ का खगेन्द्र गैह्रे (सार्की)ले आफ्नी छोरी बलात्कृत भएको भन्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गराएका हुन् ।
‘१४ वर्षीया बालिकालाई विभिन्न लोभ, लालच, प्रलोभन देखाई डर क्रासमा पारी आफ्नै घरमा लगी पटक–पटक करणी गर्दै आएको भनी पीडितका बाबुले निवेदन दिएका छन्’ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यले भने, ‘पुस २१ गते राति १० बजेको घटना रहेछ । जाहेरी माघ २ गते परेको छ ।’
उनले जाहेरीको आधारमा दुई गते नै पीडक खगेन्द्रलाई पक्राउ गरी ३ गते जिल्ला अदालतमा जबजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको बताए । पीडकलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको आचार्यले बताए ।