गुल्मी, चैत ४ : स्थानीय तहमा खटिदै आएका राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको पुनः निर्माणमा कार्यरत प्राविधिकहरुका मागहरुलाई बेवास्था गरिएको भन्दै गुल्मी जिल्लाका १२ वटा स्थानीय तहहरुमा खटिएका प्राविधिकहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले राष्ट्रिय पुनः निर्माणका प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले पेश गरेको ५ बुदे मागहरुलाई बेवास्था गरेको भन्दै तत्काल मागहरु सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले गाउँ–गाउँमा जाँदा सुरक्षाको व्यवस्था गर्नुपर्ने, बिगतका वर्षहरुमा दिदै आएको यातायात, महंगी, भौगोलीकताको आधारमा प्रोत्साहन भता, परिचयपत्रको व्यवस्था, दुर्घटना बीमा स्थायीत्व र निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
साथै उनीहरुले आफ्ना माग पुरा नभए स्थानीय तहका कामहरु ठप्प पार्ने, कार्यलयहरुमा तालाबन्दी गर्ने र ३२ वटै जिल्लाका कर्मचारीहरु काठमाडांैमा भेला भई केन्द्रीय कार्यलय घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।
ज्ञापन पत्र बुझदै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले ज्ञापनपत्रलाई जस्ताको तस्तै अविलम्ब सम्बन्धित निकायमा पठाउने जानकारी दिए । यदि मागहरु सम्बोधन नभए गुल्मी जिल्लामा यहि चैत्र १० र ११ गते गुनासो व्यवस्थापन सम्बन्धी तालिम पनि बहिष्कार गर्ने सव ईन्जिनियर क्षीतिज न्यौपानेले जानकारी दिए ।