दाङ, माघ २४ : रोल्पामा एकजना व्यक्तिको आफैले गोली चलाएर आत्महत्या गरेका छन् । रुन्टीगढी गाउँपालिका वडा नं ९ धाराटोल निवासी मिशन बुढाको आफैले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
दिउँसो घरमा कोही नभएको समयमा आफ्नै घरमा लुकाई राखेको भरुवा बन्दुकले आफैलाई गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए । उनको बाँया छातिमा गोली लागेको प्रहरीले बताएको छ ।
श्रीमती बारीमा घाँस काट्न गएको तथा घरमा २८ महिनाकी छोरी एक्लै रहेको अवस्थामा बुढाले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।