आफैलाई गोली हान्न लगाउने धर्मगुरु ५ हजार धरौटीमा छुटे

| 2018 Jun 22 | 06:23 pm 4053

 विराटनगर, असार ८ :  धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।आफैंलाई गोली हान्न लगाएको आरोपमा क्राउ परेका श्रीनिवास जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् ।

श्रीनिवासमाथि विराटनगरको जतुवामा गत चैत २५ गते शौच गर्न निस्किएका बेला गोली प्रहार भएको थियो । यसरी गोली प्रहार हुँदा उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । यस घटना लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा श्रीनिवास आफैले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि पक्राउ गरी मुद्दा चलाइएको थियो । साथै जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि श्रीनिवासलाई थुनामा पठाउने आदेश पनि दिएको थियो । तर त्यसविरुद्ध श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए ।

पछिबाट जिल्ला अदालतको आदेशमा श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.