झापा, जेठ १: आफ्नै गोठमा पालेको गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठ रहेका छन् । मंगलबार साँझ ६ बजे आफैंले पालेको गोरुले हानेर मृत्यु भएको प्रहरीले जानकारी दिए ।
परिवारले दिएको जानकारी अनुसार चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको बताए ।
घटना एकान्त स्थानमा भएका कारणले गोरुले आक्रमण गरेको कसैले थाहा नपाउँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।