आफैंले चलाएको मेसिनले च्यापेर एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 May 04 | 09:46 pm 1982

बाग्लुङ, वैशाख २१ : जिल्लाको निसिखोला गाँउपालिका–६ जाउलेपानीमा ग्रेडर मेशिनले च्यापेर एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो मध्यपहाडी लोकमार्ग कालोपत्र गर्दै गर्दा बाटो सम्याउने ग्रेडर मेशिनका अपरेटर कृष्णहरि थापाको मृत्यु भएको हो ।

थापा आफैँले चलाउने मेसिन रोकेर झर्ने क्रममा हातको ब्रेक (हेण्ड ब्रेक) नलगाइकन झर्दा ग्रेडर मेसिन अचानक अगाडि बढेपछि च्यापिएर ३० वर्षीय चालक थापाको मृत्यु भएको मध्यपहाडी लोकमार्गका सब इञ्जिनीयर अर्जुन गौतमले बताए ।

मृतक ग्रेडर चालक सर्लाही जिल्ला साविकको पैयानिपुर गाविस–९ निवासी भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.