आफैंलाई बन्दुक हानेर एक युवकले गरे आत्माहत्याको प्रयास

रिपोर्ट नेपाल | 2019 Feb 03 | 12:35 pm 1689

  • तुल मगर

उदयपुर, माघ २० : संसारमा मानिसले हरेक किसिमका वैज्ञानिक आविश्कार गरेका छन् । त्यो आविश्कार गर्ने मानिस पनि जन्मी राखेका छन् । अवको पुस्तामा पनि जन्मिएला तर, वैज्ञानि भनौ या महाविद्धान आफैंले आफूलाई गोली हानेका पनि भटिएका छन् । त्यस्तै श्रीमतीसँग सामान्य झगडा भएका उदयपुरका एक युवकले आफैले आफ्नो शरीरमा बन्दुक हानेर आत्महत्याको प्रयास गरेका छन ।

रौतामाई गाउँपालिका वाड नम्बर ५ रातमाटेका ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरि आत्महत्याकाे प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटका अनुसार श्रीमतीसँग सामान्य भनाभन हुदाँ आक्रोसमा घरमा भएको बन्दुक निकाली आफैंलाई प्रहार गरि आत्महत्या प्रयास गरेको बताए ।

राईले शनिबार दिउसो बन्दुक प्रहार गरेको र प्रहारबाट राईको छातीमा ठूलो घाउ भएको डिएसपी रानाभाटले जानकारी दिए । घाईते भएका राईलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरेका थिए । प्राथामिक उपचारपछि राईलाई थप उपचारका गर्न विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगीएको छ । प्रहरीले उक्त बन्दुक बरामद गरि यस विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.