आप्रवासीको दोहरो नागरिकताका लागि कांग्रेस लड्छः नेता महर

रिपोर्ट नेपाल | 2019 Jul 08 | 10:21 am 2360

काठमाडौं, असार २३:  नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघ पूर्व अध्यक्ष नैनसिंह महरले दोहरो नागरिकता प्राप्तिका लागि ढुक्क रहन आप्रवासी नेपालीलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानले दोहरो नागरिकता हुनेछ भनी कवुल गरिसकेका कारण संविधान अनुसार पनि दोहरो नागरिकताको प्रवन्धबाट कोही टाढा जान नसक्ने नेता महरले बताए।

नेपाली जनसम्पर्क समिति बेलायको आयोजनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै नेता महरले नेपालीको सीप, क्षमता, अनुभव र लगानी नेपालको समृद्धिमा लगाउन पनि दोहरो नागरिकता हुनुपर्ने धारणा राखेका थिए। उनले आप्रवासी नेपालीको माग पुरा गराउन कांग्रेस कटिवद्ध भएको बताएका थिए।

गोर्खा सैनिकको विषयमा बोल्दै नेता महरले भने, रुलअफ ल र प्रजातन्त्रको जननी मानिने बेलायतले साठी हजार गोर्खा सैनिकले ग्रेट बेलायत निर्माण गर्न गरेको सहादतलाई भेदभाव पूर्ण तरिकाले हेर्नु हुँदैन। बेलायत, भारत र नेपाल बीचको त्रिपक्षीय सम्झौताबाट बेलायत भाग्न नमिल्ने र बेलायती सैनिक सरह गोर्खा सैनिकले पनि सेवा सुविधा पाउनुपर्नेमा उनले जोड गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.