काठमाडौं, भदौ ७ : १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर आन्दोलन चर्किदै गएपछि गृह मन्त्रलयाले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खड्कालाई फिर्ता बोलाएको छ ।
आन्दोलनकारी झनपछि झन आक्रोशित र उत्तेजित हुदैँ गएपछि स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको केहि घण्टामा तत्कालिन प्रमुख जिल्ला अधिकारी खड्कालाई फिर्ता बोलाएर तारानथ अधिकारीलाई जिम्मेवारी दिएको गृहमन्त्रलयाले जनाएको छ ।