काठमाडौँ असोज ५ | गत बुधबारदेखि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत नेपाल शिक्षक महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनमा शुक्रबार शिक्षक पक्राउ परेका छन्।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।