आत्महत्या न्यूनीकरण कार्यक्रम सम्पन्न

| 2023 Aug 27 | 06:54 pm 2121

नवलपरासी, भदाै १० । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को आयोजनामा  सुनवल नगरपालिका वडा नं. ८ वैरागनाथ स्थित महिला उद्यम केन्द्रको सभाहलमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य, स्थानिय जनप्रतिनिधी, विभिन्न संघ संस्था तथा समुहका पदाधिकारीहरु तथा सोही वडाका समाजसेवी, महिला, वालवालिका तथा जेष्ठ नागरिक समेत गरी अं.१०० जनाको सहभागितामा “आत्महत्या न्यूनीकरण” कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले आत्महत्या रोकथामका सम्वन्धमा सहभागिहरुसँग अन्तर्क्रिया गरेका थिए । प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई आत्महत्याको वर्तमान अवस्था, आत्महत्याका कारणहरु, रोकथामका उपायहरु सहितको प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.