आत्तिए प्रधानमन्त्री, आफैं जुटे मन्त्रीको मार्कसिट बनाउन

| 2018 Jul 29 | 07:34 am 2520

काठमाडौं, साउन १३: काम थोरै, प्रचार धेरै भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री आत्तिएका छन्। आफैले बाँडेको रेल र पानीजहाज सपनाले मात्रै जनतालार्इ नपुग्‍ने जानेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको मूल्याकंन थालेका हुन्।

मन्त्रीहरुलार्इ प्रगति विवरण बुझाउन निर्देशन दिइसकेका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठलार्इ दुर्इ पटक प्रगति विवरण माग गरिएको छ। मन्त्री महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री खतराको सूचीमा परेका छन्। सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै प्रधानमन्त्री ओली मन्त्रीको कार्यशैली र क्षमताप्रति असन्तुष्ट बनेका हुन्।

सरकारविरुद्ध प्रतिपक्ष दलले सडक र सदन तताएपछि प्रधामन्त्री कार्यालयले मन्त्रीको कार्यक्षमता मूल्याकंन गर्न थालेको हो। मूल्याकंन राम्रो नआए जिम्मेवारी हेरफेर हुनसक्ने जनाइएको छ ।

सन्तोषजनक काम गर्न नसकेका र आशा गर्न सकिने मन्त्रीहरुको सूचीमा ९ जना परेका छन्। जसमा शिक्षामन्त्री गरिराजमणी पोख्रेल, उधोगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्‍नेत, महिला बालबालिका मन्त्री थममाया थापामगर, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रविन्द्र अधिकारी, कृषीमन्त्री चक्रपाणी खनाल, खानेपानी मन्त्री विना मगर, सञ्चारमन्त्री गोकुल बाँस्कोटा रहेका छन्।

त्यसैगरी सन्तोषजनक काम गर्नेको सूचीमा छ जना रहेका छन्। जसमा रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, श्रमतथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा रहेका छन्।

फोरमबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको मूल्याकंन गरिएको छैन। उनीहरुले पछि आएकोले मूल्याकंन अवधि नभएको जनाइएको छैन। त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषी राज्यमन्त्री रामकुमारी चौधरीको कामलार्इ खासै महत्व नदिइएको नयाँ पत्रिका दैनिकमा समाचार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.