आठ जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 05 | 05:04 pm 3952

विराटनगर,  कात्तिक १९  :   प्रहरीले विराटनगर महानगरपालिका- १६ बाट तास खेल्दै गरेका आठजनालाई पक्राउ गरेको छ। गोपाल यादवको घरमा तास खेलिरहेको अवस्थामा सोमबार बिहान २८ हजार तीन सय ५६ रुपैयाँसहित उनीहरुलाई राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

उनका अनुसार विशेष सुराकीको आधारमा घरधनी गोपाल यादव, विराटनगर १६ का ५४ वर्षीय सुरेशप्रसाद मण्डल, ४० वर्षीय राजकिशोर यादव, १८ वर्षीय सोनु तत्मा, ५१ वर्षीय विष्णुकुमार अर्जेल, २८ वर्षीय नवीन महतो, १८ वर्षीय रोहित दास र ४८ वर्षीय ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय रानीको टोलीले दुई बुक ताससहित पक्राउ गरेका सबैजनालाई जुवा ऐनअन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.