आज सुनको मूल्य २ सय रुपैया घट्यो

| 2020 Dec 06 | 11:29 am 2895

काठमाडौं मंसिर,२१ : गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको मुल्य आज आईतबारभने तोलामा दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १ हजार २सय १० रुपैयाँ रहेको छ ।

मंसिर महिना बिहेको महिना भएकाकारण बजारमा सुनको बिक्री निकै राम्रो भएको व्यवसायीहरुले बताएका छन् । मंसिर लागेसंगै दैनिक झण्डै ३० किलो भन्दाबढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.