काठमाडौं, पुस ७ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार ६ सय तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १ सय तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ५ सय रहेकाे थियो ।
आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २ सय ४५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ८७ डलर आसपास कारोबार भइरहेको बताइएकाे छ ।