काठमाडौँ, वैशाख २९ : संघियताको कार्यान्वयनसँगै आफ्नो कला, सस्कृति, परम्परा लगायतका कुराहरुमा स्थानीय तहले आफ्नो आवश्यकता अनुसार विदा दिने गरेका छन् ।
यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले आइताबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।
उक्त नगरपालिकाले एक सूचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनिक विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा आज आइतबार अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख गरिएको छ ।