आज साढे दुर्इ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्‍द

| 2018 Aug 30 | 08:06 am 4031

काठमाडौ- राजधानीमा आजदेखि हुने विमस्टेक सम्मेलनमा भाग लिन भीभीआर्इपी आउने क्रम जारी रहेकोले बिहीबार बिहान ८ बजेदेखि साढे दुर्इ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन्।

नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुज चाओचा आउँदा नेपाली आकाश खाली गरिने भएको छ।

त्रिभुबन विमानस्थल श्रोतका अनुसार मोदी आउने दिन बिहान ८ बजे देखि १०.३० बजेसम्म विमानस्थलमा अन्य विमानका उडान तथा अवतरण हुनेछैनन् । सोही समय तालिकामा बंगलादेश तथा थाईल्याण्डका राष्ट्रप्रमुख समेत आउने समयतालिका छ ।

श्रोतका अनुसार विमानस्थल तथा आकाशनै खाली गर्नुको पछाडि मोदीको बिशोष सुरक्षाका लागि भएको बताईएको छ। अघिल्लो बर्ष भारतीय राष्ट्रपति नेपाल आउदा उनको सम्मानमा दिईएको सार्वजनिक विदाको आलोचना भएको थियो।

म्यानमारका प्रधानमन्त्री सम्मेलन शुरु हुने दुई दिनअघि मंगलबार काठमाडौं पगेर गौतमबुद्धको जन्मस्थल लुम्बिनीसमेत भ्रमण गरिसकेका छन्। श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री बुधबार राजधानी पुगेका हुन्। सम्मेलन आज दिउँसो ३ बजेदेखि शरु हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.