आज साउनको अन्तिम सोमबार: बोलबम यात्रा पनि सकियो

रिपोर्ट नेपाल | 2018 Aug 13 | 11:29 am 2841

काठमाडौं, साउन २८: साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ। साउनको सोमबार विशेषगरी नारीहरु व्रत बसेर शिवको पूजा गर्छन्। आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।

यो वर्षको साउनको अन्तिम सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.