आज साँझ आइजीपीको टुङ्गो लाग्ने

रिपोर्ट नेपाल | 2020 Feb 10 | 09:24 am 1961

काठमाडौं, माघ २७: नेपाल प्रहरीको २७औं महानिरीक्षकको टुङ्गो आज सोमबार लाग्ने भएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्री परिषद्को बैठकले प्रहरी महानिरीक्षकको टुङ्गो लगाउने स्रोतले बताएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन अतिरिक्त महानिरीक्षक र १७ नायब महानिरीक्षकले भोली मंगलबार राति १२ बजे देखि स्वत अवकास पाउँदैछन् । अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, ठूले राई, धिरु बस्न्यातले अवकास पाउने भएका छन् ।

ठूलो संख्यामा उच्च अधिकृतले अवकास पाएसँगै बुधबार बिहान नेपाल प्रहरीले नयाँ प्रहरी प्रमुखका रुपमा नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई पाउने भएको छ । ज्ञवाली कम्तिमा पाँच महिनाका लागि प्रहरी महानिरीक्षक बन्ने भएका छन् ।

नेपाल प्रहरीको प्रमुख अवकास हुनै लाग्दा समेत सरकारले निर्णय गर्न नसकेको भन्दै समाजिक संजालदेखि विभिन्न संचार माध्यममा टिका टिप्पणी भए पनि नयाँ गृह सचिवको मन्त्रालय प्रवेशसँगै गृहमा महानिरीक्षकको विषयमा छलफल हुँदै आएको गृह स्रोतले बताएको छ ।

जेष्ठता, कार्य क्षमता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा सबै भन्दा अगाडि रहेका ठाकुर ज्ञवालीलाई नै महानिरीक्षक बनाउन गृह निष्कर्षमा पुगेको बुझिएको छ ।

नेपाल प्रहरीमा सेवा प्रारम्भ गरेदेखि कही कतै विवादमा नआएका ज्ञवाली प्रहरी संगठन भित्र कुशल अनुशासनकर्ताका रुपमा परिचित अधिकृत हुन् ।

प्राय संगठनको र आफ्नो जिम्मेवारीका विषयमा कर्तव्यबोध गर्ने ज्ञवाली अवको पाँच महिना कम्तीमा प्रहरी हाँक्ने जिम्मेवारी आउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.