आज विश्व क्यान्सर दिवस

| 2022 Feb 04 | 08:09 am 2213

काठमाडौँ, माघ २१ः विश्वभर क्यान्सर दिवस शुक्रबार मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । तीमध्ये ८५ लाख महिला छन् । तीमध्ये जीवनको चौथो र पाँचौँ दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलामा क्यान्सर रोगको प्रभाव बढी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.