आज विश्वकर्मा पूजा मनाइँदै

| 2018 Sep 17 | 06:54 am 3525

काठमाडौं, असोज १: यन्त्र र औजारको पूजा अर्चना गरेर सोमबार विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ।

औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ।

ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार कल कारखाना र वर्कशपमा कार्यरत बोलबम आवद्ध सबैले विश्वकर्माको पूजा भव्यताका साथ मनाउँदैछन्।

विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरेर निराहार व्रत बसी पूजाआजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जसो अर्चना गरिन्छ। पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने चलन छ।

सैलुन, फर्निचर कारखाना, औषधालय, आरन लगायतका उद्योग व्यवसाय विश्वकर्मा पूजाका दिन बन्द हुन्छ। काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित कमीडाँडामा यो दिन मेला पनि लाग्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.