आज लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितकाे नक्सा आधिकारिकरुपमा सार्वजनिक गर्ने

| 2020 May 20 | 02:15 pm 2354

काठमाडाैं, जेठ ७ः सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा आज सार्वजनिक गर्ने प्रवक्ता जनकाराज जोशीले जानकारी दिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेका थियो।

मन्त्रीको सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ। यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७ सय ५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ। उक्त नक्सा नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले बनाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.