आज यती एयरलाइन्सको देशभरको उडान स्थगित

| 2023 Jan 16 | 08:13 am 1333

काठमाडौं, माघ २ः हिजो आइतबार पोखरामा भएको दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज (सोमबार) का लागि तय भएका सबै उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान आइतबार पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.