काठमाडौं, साउन ६ः गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन आज राति १२ बजेदेखि पूर्णरुपमा हट्ने भएको छ ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा संचार मन्त्री युवराज खतिवडाले लकडाउन अन्त्य भएको जानकारी गराएका हुन् ।
मन्त्री खतिवडाले चैत ११ देखि सुरु भएको लकडाउन अन्त्य भएपनि अझै केही क्षेत्रमा भदौ १ सम्म प्रतिबन्ध कायम रहने जानकारी दिएका छन् ।
यसैगरी लकडाउनसंगै रोकिएको लामो दूरीको सवारी साधन भने भदौ १ गतेदेखि मात्र खुल्ला गर्ने निर्णय सरकारले गरेको मन्त्री खतिवडाको भनाई रहेको छ ।
साउन १५ गतदेखि होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न पाउने तर भोजभतेर भने तत्काल गर्न नपाउने निर्णय गरेको उाले जनाए ।