मोरङ्ग फागुन ८: प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद बिघटन गरेपछि नेकपा भित्र सल्किएको भुसको आगो र प्रचण्ड -माधब पक्षको बिरोध बारे जानकारी गराउने उद्दश्यले गरिएको देश दौडाहा अनुसार प्रधानमन्त्रि ओली आज विराटनगर आउने भएका छन् । दाहाल- नेपाल पक्षले प्रधानमन्त्रिको कदम असंवैधानिक र निरंकुश भएको भन्दै देशका बिभिन्न शहरमा बिरोध कार्यक्रम राखे पछि त्यसको उत्तरमा नेकपाको ओली पक्षले विराटनगरमा गर्न लागेको जनसभालाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले सम्बोधन गर्ने विराटनगरको जनसभाका लागि विभिन्न समितिहरु बनाएर कार्यकर्मलाई सफल बनाउन व्यापक तयारी भैरहेको छ ।
जनसभा सफल बनाउन स्थानीय तहदेखि प्रदेश सरकारको पनि साधन स्रोतको प्रयोग भैरहेको आरोप समेत स्थानीयहरुले लगाएका छन् । सरकारी गाडीदेखि लिएर अन्य साधन, स्रोतको पनि ब्यापक प्रयोग भैरहेको उनीहरुको भनाई रहेको छ ।
जनसभालाई सफल बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि देखि प्रदेशका सांसद र मन्त्री, मुख्यमन्त्री समेत लागिरहेका छन् ।
जनसभालाई सफल बनाउन ओली पक्षको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाईएको छ ।
सभामा मानिस जम्मा गर्नका लागि शनिबार बिहानैदेखि १ नम्बर प्रदेशका सबै जिल्लामा बस लगायत अन्य यातायातका साधनहरू तयार गरिएको छ भने मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी ओली पक्षले गरेको छ । कमिटीका सदस्यहरू सभास्थलदेखि लिएर जिल्ला जिल्लामा खटिरहेका छन् । सभामा प्रदेश नम्बर १ बाट झन्डै डेढ लाख को हाराहारीमा मानिसहरू जनभासमा उतार्ने तयारी गरिएको आयोजकले जनाएको छ ।