काठमाडौं, माघ १२: नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार २ सय रूपैँयामा कारोबार भएको छापावाल सुनको मुल्य आज ३ सय रूपैँयाले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको छ ।
चाँदीको मुल्यमा आज १० रूपैँयाले बढेर प्रतितोला ८ सय ९५ रुपैँयामा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।