आज बकर इद विश्वभरका मुस्लिम समुदायले धूमधामका साथ मनाउँदै

रिपोर्ट नेपाल | 2019 Aug 12 | 07:06 am 1660

काठमाडाैं, साउन २७: आज बकर इद (इदुल जोहा) मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो पर्वकाे रूपमा हर्षोल्लासका साथ मनाउँदैछन् ।  नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले नयाँ वर्षको रूपमा मनाउने यो पर्व धूमधामका साथ मनाउने गर्छन् ।

यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेकाे छ

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.