आज फेरि बिजोर नम्बरका गाडी मात्रै, राति १० बजेदेखि सबै चल्ने

| 2018 Aug 31 | 08:05 am 3775

काठमाडौं, भदौ १५: उपत्यकामा शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चलिरहेका छन्। बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गएको बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार शुक्रबार बिजोर नम्बरका गाडी मात्र चलेका हुन् ।

अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू भएको छ ।

शुक्रबार बेलुका १० बजेदेखि भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.