आज फेरि बढ्याे सुनकाे भाउ, कति पुग्याे मुल्य ?

रिपोर्ट नेपाल | 2019 Aug 13 | 12:30 pm 2017

काठमाडौं, साउन २८:  केही दिन यथावत रहेकाे सुनकाे मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारसम्म प्रतितोला ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७१ हजार रुपैयाँमा भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ७० हजार ७०० रुपियाँमा कारोबार भएको छ ।

डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।  चीन र अमेरिकाको व्यापार युद्ध तथा कश्मिर काण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.