काठमाडौँ,असार १८ : अर्थ मन्त्री युवराज खतिवडाको अभिव्यक्तिबाट अत्तालिएका शेयर धनिहरु निरन्तर घट्दै आएको शेयर बजारबाट अत्तालिएका छन् । निरन्तर ओरालो लागेको शेयर बजार
आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको जनाइएको छ ।
आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो । बैंकिङ ५.३४, जलविद्युत् १३.५९, फाइनान्स ३.०४, बीमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।