काठमाडौं, माघ १३: सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३ सय रूपैयाँ बढेर ७५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पनि तोलामा पाँच सय रुपैयाँ बढेर ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।