काठमाडौं, माघ ७ : देशको पश्चिमी भूभागको मौसम आज (सोमबार) पनि सामान्यतया बदली रहेर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसबाहेक मुलुकका अन्य स्थानमा पनि आंशिक बदली नै रहने मौसमविदको भनाई छ।
पश्चिमका केही स्थानमा पानी पर्ने र पश्चिमसहित मध्यका उच्च पहाडी भेगमा हिमपातको सम्भावना पनि रहेको छ । सोमबार राति पनि पश्चिमी र मध्य भेगमा सामान्यतया बदली रहने छ भने अन्य स्थानमा आशिंक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन्।
काठमाडौँ उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन भएको छ।