आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प

| 2019 Feb 01 | 07:35 am 2440

काठमाडौं, माघ १८ : नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको छ। अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका निम्ति सरकारले कुनै चासो नदेखाएको भन्दै संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था ठप्प पार्ने जनाएको थियो।

चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

संघले विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनैपनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने उल्लेख गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.