आज काठमाडौंमा वर्षकै धेरै चिसो, यस्तो छ कारण

| 2018 Dec 30 | 08:42 am 1809

काठमाडौं, पुस १५ : राजधानीमा आइतबार वर्षकै धेरै चिसो महसुस गरिएको छ। आज काठमाडौंको आइतबार बिहानको तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो।

शनिबार माइनस ७ दशमलप६ डिग्री मापन गरिएको जुम्लाको तापक्रम आइतबार ७ दशमलव ७ डिग्री छ। जोमसोमको तापक्रमा माइनस २ र जिरीको तापक्रम माइनस ४ दशमलव ५ डिग्री मापन गरिएको छ।

त्यस्तै डडेल्धुराको तापक्रम २ डिग्री, दिपयाको १ डिग्री दशमलव ५, धनगढीको ३, विरेन्द्रनगरको १ दशमलव ५, नेपालगन्जको र दाङको ३ डिग्री , पोखराको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरिएको छ। भैरहवाको तापक्रम ५ दशमलव ४ डिग्री, सिमराको २ दशमलव ६, ओखलढुंगाको ३, ताप्लेजुङको १, धनकुटाको ६ दशमलव ४, विराटनगरको ६ दशमलव ६, धरानमा ११ दशमव २, लुम्मेको २ डिग्री छ भने जनकपुरको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएको छ।

काठमाडौंमा चिसो बढ्‍नुको कारण

काठमाडौंमा अत्यधिक चिसो बढ्‍नुको कारण हिमालबाट बहने हावा भएको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाले आकाशमा बादल नभएकाले हिमालबाट आएको हावाले काठमाडौं चिसिएको बताएको छ।

उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। केही वर्षअघिसम्म पश्चिम दिशाको हावामात्रै प्रवेश हुने राजधानी खाल्डोमा अहिले उत्तर/पश्चिमी दिशा भएर हावा बहने गरेकाले चिसो वायुको मात्रा बढी भएको र तापक्रम घटेकोले काठमाडौं चिसिएको मौसमवीदहरु बताउँछन्।

बिहीबारबाट पश्चिमी वायूको प्रभाव पनि बढेकोले काठमाडौंको तापक्रममा गिरावट आएको हो। उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन कष्टकर बनेको छ।

पुस १५ गते (आइतबार) दिउँसो देशभरिनै मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ५४ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १९ मिनेटमा हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.