आज कांग्रेसका पदाधिकारीको बैठक बस्दै

| 2019 Oct 23 | 12:44 pm 1353

काठमाडौं, कात्तिक ६: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका बिषयमा छलफल गर्न पदाधिकारीहरुको बैठक बुधबार बस्ने भएको छ ।

निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेहरुको नाम र चुनावी रणनीतिका बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक डाकिएको बुझिएको छ ।

कांग्रेसले उपनिर्बाचनमा आफ्ना तर्फबाट उम्मेद्वार तोक्नका लागि भोलि बिहीबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारीबीच सोही बिषयमा अनौपचारिक छलफल गरी सहमति तय गर्नका लागि बैठक बस्न लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.