आज एसएसपीमा बढुवा हुने

रिपोर्ट नेपाल | 2020 Apr 19 | 01:32 pm 1696

काठमाडाैं, बैशाख ७ः विगत केही दिनदेखि चर्चामा रहेकाे नेपाल प्रहरीकाे एसएसपीमा बढुवा  आज आइतबार  हुन सक्ने बताइएकाे छ । गृह मन्त्रालयकाे एक स्राेतका अनुसार हिजाे शनिबार बढुवा गर्नका लागि गृह मन्त्रालयमा लामाे छलफल भएपनि विविध कारणबस हुन नसकेपछि आइतबार साँझसम्म बढुवा हुने बुझिएकाे छ ।

रिक्त १९ प्रहरी बरिष्ठ उपरिक्षकका लागि ९८ औं व्याचका बीरेन्द्र बस्याल, नवराज भट्ट, १०१ औं व्याचका उमाशंकर पंजियार, जनक पाण्डे अग्रस्थानमा छन् । १०८ का अशाेक सिंह, अर्जुन चन्द ठकुरी, भरत बाेहाेरा, दुर्गा सिंह, किरण राणा, केदार ढकाल, रबिन्द्र केसी, जनक भट्टराई पनि बढुवाका स्वभाविक दाबेदार हुन् ।

११० औं व्याचका हृदय थापा, राजकुमार बैदवार, लालमणी आचार्य, कृष्णकुमार महत, सुरेन्द्र मैनाली, विष्णुकुमार केसी, चक्रबहादुर सिंह, मुकेश सिंह, राजेश बास्ताेला र सुदिप गिरी पनि बढुवा हुने चर्चामा छन् ।

१०८ औंव्याचका अशाेक सिंह तत्कालिन आइजीपी ओमबिक्रम राणाकाे आग्रह पूर्वाग्रहकाे शिकार भएर डिएसपी बढुवामा पछाडि परेका थिए ।

साेह्रखुट्टेकाे इन्चार्ज रहँदा गुण्डागर्दी निर्मुल पर्ने अभियानमा लागेका सिंहले ठमेलबाट एक चर्चित डनलाई समाएपछि तत्कालिन भ्याली डिआइजी राणाले छाड्न निर्देशन दिँदा सिंहले नछाड्ने अडान लिएका थिए ।

आफ्नाे आदेश नमानेकाे रिस साँधेर बसेका राणाले आइजीपी भएपछि सिंहलाइ बढुवा नदिएर प्रतिशाेध साँधेका थिए । सुडान काण्डमा जेल बसेर उनी हाल रिहा भएका छन् । आ औं

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.