काठमाडौं फागुन १० : प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले हरेक दिन बिरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सोहि अनुसार आज उक्त्त समुहको दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित सबै जिल्लामा विरोध प्रदर्शन गरिने भएको हो। यस्तै विद्यार्थी संगठन अनेरास्ववियुले पनि आजै प्रतिगमन’ विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ ।
ओली समुहले केहिदिन अगाडी सभा गरेको स्थल नारायणहिटी अगाडि ‘प्रतिगमन’को प्रतिक बनाएर जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव समूहका विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिएका छन । सोमबार दिउँसो २ बजे हुने कार्यक्रमका लागि तयारी भईरहेको पनि तामाङले बताएका छन।