काठमाडौं, फागुन १५: झण्डै १५ दिन अघि देखि रिक्त रहेको नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पद आज पूर्ति हुने भएको छ।
स्रोतका अनुसार गृह सचिव अध्यक्ष रहने बोर्डको केहिवेर अगाडिबाट बैठक बसिरहेको बुझिएको छ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको उपस्थिति रहेको छ।
तीन जना एआईजी पदपूर्ति गर्नका लागि बसिरहेको बैठकले दरवन्दी बढाउने संभावना रहेको बताईन्छ।
तत्कालीन आईजिपी सर्वेन्द्र खनाल सँगसँगै तीन एआईजीले पनि अवकाश पाएका थिए।
बढुवा समितिको बैठक सकिएपछि आइजीपी ज्ञवाली पोखरा जाने बुझिएको छ ।