आजबाट बढ्यो भ्वाइस कल र इन्टरनेटमा १३ प्रतिशत शुल्क

रिपोर्ट नेपाल | 2018 Jul 17 | 12:55 pm 3462

काठमाडौं, साउन १: आर्थिक वर्ष ०७५-७६ शुरु भएसँगै टेलिकम र इन्टरनेट सेवा शुल्कमा वृद्धि भएको छ। निजी क्षेत्रको टेलिकम-इन्टरनेट सेवा प्रदायक एनसेलले भ्वाइस कलमा दुई र इन्टरनेट सेवामा १३ प्रतिशत कर थपिने जानकारी आफ्ना ग्राहकहरूलाई पठाइसकेको छ। सरकारको कर असुली आदेशअनुसार मूल्य समायोजन गर्नुपरेको एनसेलको जनाएको छ।

सरकारी टेलिफोन-इन्टरनेट प्रदायक नेपालले मूल्य बढाएको छ। यसअघि नेपाल टेलिकमको इन्टरनेट सेवा शुल्क तिर्न पर्दैन्थ्यो। अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।

सार्वजनिक भएको बजेटअघि भ्वाइस कलमा ११ प्रतिशत शुल्क लाग्थ्यो। अहिले भ्वाइसकलमा दुई प्रतिशत शुल्क बढेको छ। विगतमा लाग्ने नगरेको इन्टनेटको सर्भिस ट्याक्स १३ प्रतिशत लाग्ने भएको हो।

त्यस्तै कम्पनीकोअनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार टेलिकमले उपलब्ध गराउने केही सेवामा शुल्क (टीएससी) समायोजन गर्ने भएतापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने जनाइएको छ।

बजेटपछि दैनिक उपभोग्य सामग्रीको मूल्य २५ प्रतिशतसम्म बढेको उपभोक्तावादीहरूको भनाइ छ। यसरी चुनावमा भोट माग्‍न जाँदा फ्रि इन्टरनेट र सस्तो दरमा कल गर्न मिल्ने गरी टेलिफोन शुल्क निर्धारण गर्ने नारासहित भोट मागेको तर अहिले सत्तामा पुगेपछि चर्को मूल्य असुलेको भन्दै चर्को विरोध भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.