आजबाट एनआरएनए महाधिवेशन, महेश श्रेष्ठ र बद्री केसीबीच प्रतिस्पर्धा

| 2023 Oct 17 | 08:18 am 1217

काठमाडौं, असोज ३० । प्रत्येक दुई वर्षमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ ।

होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उदघाटन हुँदैछ ।  यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन् ।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन् ।

एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।  एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.