काठमाडौं, साउन ७ः नेपाल राष्ट्र बैंकले एक हजारको नोटमा नेपालमै जन्मिएका दुई हात्तीको तस्बीर समावेश गर्ने भएको छ । यसअघिको भएका हात्तीका तस्बीर नेपालको नभएको भन्ने चर्चा थियो । तर आज बुधबारबाट भने चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण हात्तिको चित्र राखेर मान्यतामा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
नोटमा साबिकको हात्ती हटाएर मध्यभाग दुर्लभ राम लक्ष्मणको तस्बीर राखिने बैंकको सूचनामा बताइएको छ ।
आजबाट चलनचल्तीमा आएका नोट संकेत ज ६८ ०००००१ देखि ट १०० ९९९९९९ सम्मका रहेका छन् । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहने सुचनामा जनाइएको छ ।

